दमक/ सुनकोशी नदीमा नुहाउन पसेका दुई जना बालिका डुबेर बेपत्ता भएका छन् । उदयपुर त्रियुगा नगरपालिका–१४ धाप्लाङस्थित नदीमा बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई चराउन गएका उनीहरु नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले जानकारी दिए ।

Facebook Comments Box