दमक/ दमक नगरपालिका वडा नं १० का महिलाहरुलाई घरेलु हिंसा विरुद्ध जागरुक बनाउँदै बचत, लेखा व्यवस्थापन तथा माईन्युट लेखन सम्बन्धि तालिम प्रदान गरिएको छ । महिला समुहमा आवद्ध सदस्यहरुलाई सो तालिम प्रदान गरिएको हो ।
बुधबार दमक नगर उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका वक्ताहरुले महिला सशक्तिकरणका लागि महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन जोड दिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय दमका प्रमुख दिलिप गिरीले घरेलु हिंसा र लागुऔषध दुव्र्यसनका बारेमा सहभागीहरुलाई सहजिकरण गरेका थिए । घर भित्र हुने समाजिक, मानसिक, आर्थिक र शारिरीक हिंसालाई घरेलु हिंसा भनिनै भन्दै घरेलु हिंसा गरेमा हुने कानुनी सजायँको बारेमा जानकारी मुलक प्रशिक्षण दिएका थिए । त्यसैगरी लागुऔषध समस्या बिकराल रहेको पनि औंल्याए । त्यसैगरी कार्यक्रममा मेची सहकारी संस्थाका पूर्व सचिव तथा निवर्तमान वडा सदस्य लक्ष्मीप्रसाद दाहालले वचत, लेखा व्यवस्थापन तथा माईन्युट लेखन सम्बन्धि तालिममा सहजिकरण गरेका थिए ।

 

Facebook Comments Box