दमक/ दमक र कमलमा क्रियाशील लायन्स क्लबहरुले संयुक्त रुपमा झापाको कमल ५ मंगलबारेस्थित मंगलमय माद्यमिक विद्यालयमा अध्ययनरत सबै बहिरा बिद्यार्थीहरुलाई निशुल्क पोशाक प्रदान गरेका छन । श्रवण शक्ति कमजोर भएका २७ जना बालबालिकालाई सोमबार बिद्यालयमै पुगेर क्लबहरुले सो सहयोग प्रदान गरेका लायन्स क्लब अफ दमक लखनपुरका नवनिर्वाचित अध्यक्ष दयासागर आचार्यले जानकारी दिए । सो कार्यक्रम संयोजक नेत्र चौलागाइँ रहेका थिए भने लायन लिडरहरु बबरजंग थापा (किरण) , अजय अग्रवाल, डा. सूर्यनारायण साह, ज्ञाननाथ पौडेल, हेमसिंह अधिकारी लगायत सहभागी थिए । ति क्लबहरुले अव निशुल्क रुपमा कानको उपचार गराई कान सुन्ने गरिको सेवा दिने जनाइएको छ ।
बिद्यार्थीलाई सो सहायता प्रदान गर्ने क्लबहरुमा लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट, इष्टर्न लायन, लखनपुर, कमल प्रोफेशनल, सुनौलो सर्भिस , लियो क्लब अफ लखनपुर र इष्टर्न लायन रहेका छन ।

Facebook Comments Box