दमक/ नेकपा एमालेले गत ३० बैशाखमा भएको स्थानीय चुनावमा पहिलो शक्ति भएको तर अपेक्षित नतिजा नआएको निष्कर्ष निकालेको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले त्यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले चुनावमा भएको अन्तरघातको छानबिनका लागि समिति समेत गठन गरेको छ । पार्टीभित्रैबाट भएका अन्तरघातका घटनाहरूको छानबिन र कारबाहीको अधिकार समेत प्रत्यायोजन गर्दै पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले गठन गरेको पौडेल नेतृत्वको तीन सदस्यीय समितिमा खगराज अधिकारी र देवेन्द्र दाहाल रहेका जनाइएको छ ।