
दमक/ दमक नगरपालिकामा लैगिंक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहीकरण रणनीति निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सुरु भएको छ ।
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश प्रशिक्षण केन्द्रको आयोजनामा सुरु भएको गोष्ठीको दमक नगर प्रमुख रामकुमार थापाले उद्घाटन गरेका छन ।
नगरपालिकाका जनप्रतिनिधिसहित सामाजिक संघ संस्थाका प्रतिनिधिहरु सहभागी कार्यक्रममा लंैगिक समानताका लागि नगरपालिकाले बनाउनु पर्ने रणनीतिका बारेमा प्रदेश प्रशिक्षण केन्द्रका बिषय बिज्ञ केशबराज ढुंगेलले सहजिकरण गरिरहेका दमक नगरपालिकाका सामाजिक बिकास शाखा प्रमुख केशव प्रसाइँले जानकारी दिए ।
गोष्ठीको उदघाटन कार्यक्रममा नगर प्रमुख थापासहित उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राईको पनि उपस्थिती रहेको थियो । भोली (शुक्रबार) सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा लक्षित समुदायलाई समाजको मुल प्रबाहमा ल्याउन बनाउनु पर्ने नीति र रणनीतिहरुका बारेमा भइरहेको छलफल उपयोगी रहेको सहभागी मध्येका दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य चन्द्र खत्रीले बताए ।
