दमक/ दमक दमक ५ स्थित सरस्वती किर्तन मण्डलीको आयोजनामा ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबार ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको दमक ५ स्थित कार्यालयमा नेशनल प्रोग्राम सेन्टरले सो कार्यक्रम प्रस्तुत गरेको हो ।
ज्येष्ठ नागरिकहरुलाई मनोपरामर्श प्रदान गर्ने उद्धेश्यले आयोजित सो कार्यक्रममा मनोविद डा. सुशिल कँडेल र सहजकर्ता खेमराज अधिकारीले परामर्श दिएका थिए । किर्तन मण्डलीकी अध्यक्ष सजु बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ)को प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष सिताराम खतिवडासहित प्रतिष्ठानका जग्गा दाता नयनकृष्ण राई लगायतलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा असहाय मानव सेवा समाजकी अध्यक्ष चेतना निरौला, सचिव पुनम रिजाल, विभिन्न किर्तन मण्डलीका प्रतिनिधिहरु लगायतको आतिथ्य रहेको थियो । किर्तन मन्डलीकी सह सचिब तुलसा पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन उर्मिला अधिकारीले गरेकी थिइन ।

 

 

Facebook Comments Box