दमक/ झापाको दमक ५ स्थित गोर्खाली टोलबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका २६ बर्षीय प्रकाश राई , २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् ।
प्रहरीका अनुसार हिजो सोमबार बेलुका ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट डिजिटल तराजुसहित लागुऔषध ब्राउन सुगर २१ ग्राम ५९० मिलिग्राम बरामद गरेको । पक्राउ परेकाहरुमाथि ईलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।