दमक/ नेपाल बिद्यार्थी संघ झापाले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धी फिर्ता लिन माग गरेको छ । नेपाल आयल निगमलाई शुक्रबार संघले दैनिक उपभोग्य बस्तुहरुमा समेत मुल्य बृद्धीको चर्को प्रभाव परेको स्मरण गराउँदै पेट्रोलियममा भएको मुल्य बृद्धि फिर्ता लिन माग गरेको संघका जिल्ला उपसभापति सहदेव भट्टराईले जानकारी दिए ।
संघका जिल्ला सभापति राजेन्द्र उप्रेतीको नेतृत्वमा पुगेको बिद्यार्थीहरुको प्रतिनिधिमुलक टोलीले आयल निगमको चारआलीस्थित डिपोका प्रमुख मार्फत नेपाल आयल निगमका महाप्रवन्धकलाई सो ज्ञापन पत्र पठाएको हो । पेट्रोलियम पदार्थको मुल्यमा दिन दुई गुणा रात चौगुणा बृद्धि गरिनु सरासर जनतामाथिको अन्याय हो– ज्ञापन पत्रमा भनिएको छ – यसका कारण आम बिद्यार्थीहरुमा मानसिक तथा आर्थिक दबाब पर्न गई गम्भिर असर पर्ने देखिएकोले तत्काल मुल्य बृद्धी फिर्ता लिन माग गर्दछौं ।
