दमक/ प्रदेश एकका दुई अलग अलग ठाउँमा भएका घटनामा दुई जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको हो ।

घरमा एक्लै बस्दै आएकी बृद्दले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्किदा जलेर गम्भिर घाईते भएकी थिइन । उनलाई आफन्तले आज बिहान ७ बजे उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका सवा ६ बजे बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा.९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१३ पोर्ताका ५२ बर्षीय कुमार बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box