दमक/  झापाको झापा गाउँपालिका वडा नं –३ स्थित भित्रि पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको मे१त ४४१८ नम्बरको ट्याक्टरले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २० बर्षिय अक्तर अलिको मृत्यु भएको हो ।

हिजो बुधबार दिउँसो भएको सो दुर्घटनाका गम्भिर घाईते अलिको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

Facebook Comments Box