पाँचथर/ पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ३ नाम्लोवामा भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।
शुक्रबार राती २३ः४५ बजे भित्रि कच्चि सडक खण्डमा पञ्चमुखी देखी थोक्लेवुङ तर्फ जाँदै गरेको प्र.१–०२–००३ त १८५४ नम्बरको खाली ट्रयाक्टर आफै अनियन्त्रित भएर सडकबाट खस्दा ट्रयाक्टर चालक सोही ठाउँका २२ बर्षिय सुरेश साँवाको ट्याक्टरले किचेर घट्नस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।