दमक/ नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले बामपन्थीहरुवीच तत्काल एकता सम्भव नभएको बताएका छन ।
दमकमा आज प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले अव हुने संघीय तथा प्रदेश निर्वाचनमा बामपन्थी दलहरु मिलेर चुनावमा जाने परिस्थति अहिलेनै तयार भईनसकेको स्पष्ट पारे । बामपन्थी बिचार मिल्ने दलहरुवीच कालान्तरमा भने एक हुनुको बिकल्प नभएको उनको भनाई थियो ।
बामपन्थी नमिल्दा दक्षिणपन्थी शक्ति हावी हुदै गएको टिप्पणी गर्दे उनले त्यसको फाइदा नेपाली कांग्रेस लगायतका शक्तिले प्राप्त गरिआएको जिकीर गरे । बामपन्थी एकता मजवुत गर्न नसक्नुमा हाम्रो नेतृत्व मात्र नभएर बामपन्थी नेतृत्वको कतिपय कमजोरी भएको उनको टिप्पणी थियो ।
एक फरक प्रसंगमा नेता भट्टराईले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रमसहितको वजेट ‘खिचढी’ को संज्ञा दिए । उनले भने , –‘बजेट चुनाव लक्षित आएको छ, वजेटले देशकै समग्र अर्थतन्त्र माथि उठाउन सक्ने आधार देखिन्न । ’
आजनै नेता भट्टराईले पार्टीको जनवर्गीय संगठनका रुपमा रहेको रिर्टनी फेडरेशनको दमकमा आयोजित प्रदेश १ स्तरिय भेलाको समेत उद्घाटन गरेका छन् ।
