दमक/ दमक जेसीजले विश्व वातावरण दिवसको अवसर पारेर आज (आइतबार) वातावरण संरक्षणका लागि जनचेतना जगाउँदै वृक्षारोपण गरेको छ ।
दमक ८ बालुवाटारस्थित दमक जेसीजको प्रशिक्षण केन्द्र भवन निर्माण परिसरमा जेसीजले अमला, टिक , मसला लगायतका प्रजातीका विरुवा रोपेको हो । दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा जेसीजले स्थानीयबासीहरुलाई वृक्षारोपण र वातावरण संरक्षणका लागि प्रोत्साहन गर्न विभिन्न प्रजातीका विरुवा समेत प्रदान गरेको दमक जेसीजका कोषाध्यक्ष सहदेव भट्टराईले जानकारी दिए । ति विरुवा दमक ३ को वडा कार्यालयले स्थापना गरेको नर्सरीबाट उपलब्ध गराएको बताइएको छ ।

सो कार्यक्रम सरोज ढकालको संयोजकत्वमा सञ्चालन भएको थियो भने स्थानीयको तर्फबाट हेम सुवेदीले धन्यवाद व्यक्त गरेका थिए । दमक जेसीजका अध्यक्ष सञ्जिब बरालले सो स्थानमा दमक जेसीजले पूर्व अध्यक्षहरु त्था दाताहरुको सहयोगमा तत्कालै विभिन्न किसिमका सीप सिकाउने प्रशिक्षण केन्द्रको भवन निर्माण प्रारम्भ गरिने जानकारी दिएका छन ।
सोका लागि दमक जेसीजका पूर्व अध्यक्ष भगवान बस्नेतको संयोजकत्वमा निर्माण समिति गठन गरिसकिएको छ । संस्थाले दाताहरुका अतिरिक्त स्थानीय र प्रदेश सरकारबाट समेत आवश्यक बजेट व्यवस्थापन गरि भवन बनाउने जनाइएको छ ।
