पुलबाट बस खस्दा ९ जनाको मृत्यु

Author Nishkarsha News
२०७९ जेष्ठ २२, आईतवार ०९:०१

रुपन्देही /  रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । अरु २३ जना यात्रु घाइते भएका छन् ।

जनकपुरबाट भैरहवाका लागि छुटेको बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्ड रोहिणी पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

लु २ ख ३८४१ नम्बरको बस बिहान दुर्घटना भएको छ । घाइतेहरुकाे भीम अस्पताल र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।  दुर्घटनाका बिषयमा विस्तृत विवरण आउन बाँकी छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्