मोरङ/ मोरङको कटहरी गाउँपालिका-७ स्थित लोहन्द्रा खोलामा डुवी एक जनाको मृत्यु भएको छ । हिजो बेलुकी ५ बजे लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका स्थानिय ३९ बर्षीय जोगलाल सरदारको पानीमा डुवी  मृत्यु भएको हो । पानीमा डुवी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा  घरमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

Facebook Comments Box