दमक/ लायन्स क्लब अफ दमक इस्टर्न लायनको वर्ष २०२२/०२३ को नेतृत्व बुद्धि बजगाइँ ( बिबेक)ले पाएका छन ।
क्लबको अध्यक्षमा बजगाइँ सर्वसम्मत चयन भएका हुन । इष्टर्न लायनको प्रथम उपाध्यक्ष बेनु प्रसाद निरौला ,द्धितिय उपाध्यक्ष उत्सव प्रसाई ,सचिबमा युबराज भट्टराई ,कोषाध्यक्षमा बिप्लव लिम्बु चुनिएका जनाइएको छ । यसअघि लायन्स क्लब अफ दमक इष्टर्न लायनको बर्ष २०२१/०२२ को नेतृत्व राज अग्रवालले गरेका थिए ।
