बैगुनधुरा, २४असार–प्रदेश नम्बर एकका सांसद झलकसिह दर्लामी मगर (सन्देस) ले झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगुनधुरामा जनताको आवास कार्यक्रम अन्तरगत ५ घर निर्माण गरिदिने भएका छन् ।
गौरादह-९ बैगुनधुराका मुना कर्मकार, सञ्जय गुठिलाल मर्डि, गुवामे बिक र मैनावति सतारको घर सिलान्यास गरेका हुन् ।
ती घर ३ लाख ७५ हजारको दरले निर्माण गरिदिन लागेका हुन कुल १८ लाख ७५ हजारमा उक्त घरहरु निर्माण हुने जनाइएको छ ।
शिलान्यास कार्यक्रममा नेकपा झापा जिल्ला सदस्य हुकुम नेपाली, पुष्प ढकाल लगायतको उपस्थिति रहेको नेकपा झापा जिल्ला सदस्य तथा युवा नेता कुमार खतिवडाले जानकारी दिए ।