दमक/ गौरादहका नवनिर्वाचित नगर प्रमुख छत्रपति सुवेदीले पदभार ग्रहण गरेसंगै नगर उपप्रमुख जलवर्षा राजंवशी र नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरू समेतलाई सपथग्रहण गराएका छन् ।
झापा जिल्ला अदालतको सभाकक्षमा जिल्ला न्यायाधिस गिरिराज गौतमबाट सपथग्रहण गरि बिहीवारनै सुवेदीले लोककल्याणकारी प्रकृतिका विभिन्न महत्वपूर्ण निर्णय समेत लिएका छन ।

नगरका विपन्न परिवारका गर्भवती महिलाहरुलाई झापा मोरङ र सुनसरी सम्मका स्वास्थ संस्थामा पुर्याउनका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र स्वास्थ बीमा संचालन गर्न आवश्यक न्युनतम मापदण्ड पूरा गरि नगर अस्पताल सञ्चालन गर्ने लगायतका समयसान्दर्भिक निर्णयहरु लिइएका छन । त्यसअघि आफूले सपथ लिए लगत्तै नगर प्रमुख सुवेदीले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन स्थानीय सरकारले साधन र स्रोतले भ्याएसम्मका कदम चाल्ने बताए ।
नगर प्रमुख सुवेदीले समग्र भूगोललाई हेरेर बिकास निर्माण कार्य अगाडी बढाउने, सुशासन र पारदर्शीता कायम गर्ने पनि उल्लेख गरेका छन ।

 

Facebook Comments Box