दमक/ झापा चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वार्टरमा बस्दै आएकी ४२ बर्षिया शान्ता सुवेदीको हत्या आरोपमा धरान उपमहानगरपालिका–१४ विजयपुर बस्दै आएका उनका २५ बर्षीय छोरा सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले गत शनिबार दिउँसो साढे १ बजे धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गरेर गम्भिर घाईते बनाएका थिए । घटनामा घाईते भएकी सुबेदीलाई तत्काल उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट थप उपचारको लागी बिराटनगरको न्युरो अस्पताल लगिएको थियो ।
सो अस्पतालमा समेत उपचार हुन नसकेपछि घर लैजाने क्रममा शान्ताको आज दिउँसो ३ बजे बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनामा संलग्न सुबेदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।