दमक / झापाको गौरादह नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेले जितेको छ ।
एमालेको तर्फबाट छत्रपति सुवेदी र उपप्रमुखमा जलबर्षा राजवंशी निर्वाचित भएका हुन । गएराती अबेर सम्पन्न मत गणनाको परिणाम अनुसार सुवेदीले १२८४९ मत प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रोहितकुमार साहलाई पराजित गरेका हुन । निवर्तमान नगर प्रमुख समेत रहेका साहले ११,४८४ मत प्राप्त गरेका छन ।
त्यसैगरी राजवंशीले ११,९१४ मत ल्याएर उपमेयरमा विजयी भएकी निर्वाचन आयोगको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका पुष्प ढकालले १०,४३८ मत पाएका छन । त्यसैगरी गौरादह ९ साविकको बैगुन्धुरामा समेत एमालेका उपेन्द्र निरौला वडाध्यक्षमा निर्वाचित भएका छन । निरौला कांग्रेसका उम्मेदवार गोपाल भट्टराईलाई दोब्बर बढी मतले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन । निरौलाले १९०८ मत ल्याउदा भट्टराईले ९३० मतमा चित्त बुझाउनु परेको छ । त्यो वडामा यसअघि कांग्रेसका सिताराम भट्टराईले वडाध्यक्षमा जितेका थिए ।
