दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको बिकास आफू र आफनो पार्टीले मात्रै गरेको दाबी गरेका छन । अन्य दलहरु बिकासमा पछि रहेका र आफनो पार्टी एमालेमात्रै बिकासको पक्षमा लागेको उनको भनाई छ । आफनो निर्वाचन क्षेत्र झापा ५ का विभिन्न पालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले कांग्रेस र अन्य दलको आलोचना मात्रै गरे ।

अधिकांश समय कांग्रेस , माओवादीको आलोचना गरेका उनले एमालेले अन्य दलसंग ठाउँ ठाउँमा गरेको गठबन्धनलाई वेवास्ता गर्दै आलोचना गरेका हुन । एमाले एक्लै चुनावमा गठबन्धन दलको सामना गर्ने बताउने गरेका उनी कतिपय पालिकाहरुमा एमालेले अरु दलसंग गरेको गठबन्धनबारे अनभिज्ञ जस्तै रुपमा प्रस्तुत भए । उनले दमकको पशुहाटमा आयोजित नगरस्तरीय आम सभालाई सम्बोधन गर्दै पूल पुलेसा , बाटो घाटो आदी आफैंले बनाएको पनि बताए । उनले कमलको क्याम्पामा र गौरीगञ्जमा समेत आजै चुनावी सभालाई सम्बोधन गर्न भ्याएका छन ।

Facebook Comments Box