दमक/ नेकपा एमालेको तर्फबाट झापाको गौरादह नगरपालिकाको प्रमुखमा सो क्षेत्रका पुराना , अनुभवी छत्रपति सुुवेदीले उम्मेदवारी दिएका छन । आफनो जिवनको महत्वपूर्ण कालखण्ड वामपन्थी राजनीतिमा सक्रिय रहेर बिताएका सुवेदी गौरादह नगरपालिका वडा नं ५ का तत्कालिन वडाध्यक्ष हुन ।
साविकको कोहोबरा गाविसमा पर्ने सो वडामा एमालेको आधार स्तम्भका रुपमा रहेर राजनीतिक, सांगठनिक गतिबिधिमा संलग्न उनी २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा लोकप्रिय मत पाएर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी स्थानीय रतुवा खोला तटबन्धन निर्माण समितिको अध्यक्ष भई काम गरेका उम्मेदवार हुन । सामाजिक तथा राजनीतिक रुपमा उनलाई शालिन र भद्र स्वभावको नेताका रुपमा लिइन्छ ।
पालिका प्रमुखको पदमा कांग्रेसका उम्मेदवारले विजयी हासिल गर्दै गर्दा वडाध्यक्षमा एमालेका सुवेदीको जितले एमालेमा उर्जा भरेको थियो । पार्टी संगठनमा निरन्तरको सक्रियता र योगदानको कदर गर्दै सुवेदीलाई यसपटक नगर प्रमुखको उम्मेदवार बनाएको हो । १२ बैशाखमा आफनो मनोनयन दर्ता सके लगत्तैदेखिनै सुवेदी आफनो टिमका सम्पूर्ण उम्मेदवार तथा पार्टीका स्थानीय नेता, कार्यकर्ताहरुसंगको भेटघाट र छलफललाई निरन्तरता दिएका छन । दुई दिनको पूर्व तयारीपछि सुवेदी नेतृत्वका उम्मेदवारहरु चुनाव लक्षित घरदैलो कार्यक्रममा जुटेका छन ।
वडाका सबै टोल टोलमा पुगेर मतदाताहरु सामु आफना चुनावी एजेण्डाहरुबारे जानकारी गराउने कार्यक्रममा पार्टीका टोलस्तरका कमिटीहरु समेत खटिएका छन । ताप्लेजुङको साँघुमा जन्मिएका सुवेदी २०२७ सालदेखि पार्टीमा आवद्ध भई निरन्तर सक्रिय छन ।