दमक/ दमक मोवाइल व्यवसायी संघका चौथो बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाबाट संघको अध्यक्षमा पुनः भेनष श्रेष्ठ चुनिएका छन् ।
सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा कविन श्रेष्ठ, सचिवमा दिपेन्द्र नेपाल,सहसचिवमा मोहनकुमार कट्टेल र कोषाध्यक्षमा शंकर कार्की चुनिएका छन् । यसैगरि सदस्यहरुमा राजकुमार सुवेदी,केशव श्रेष्ठ, खगेन्द्र चापागाई, पूण्य बराल, प्रवल भण्डारी, अमन शाह, टिकाराम राई (विशाल ) र पवन शाह चुनिएका छन् ।
दमक उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न साधारणसभाको उद्घाटन सभामा संघका अध्यक्ष भेनष श्रेष्ठले अध्यक्षको प्रतिवेदन र आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष कविन श्रेष्ठले प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन संघको बन्दसत्रले पारित गरेको थियो ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, रोट्री क्लव अफ दमकका अध्यक्ष भरत चम्लागाई, नेपाल मोवाइल वितरक संघका १ नम्बर प्रदेश अध्यक्ष हरिप्रसाद उप्रेती लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा संघले आफना एक सय बढी सदस्यहरुलाई सदस्यता समेत प्रदान गरेको थियो ।
पत्रकार सुब्बा पुरस्कृत
संघले व्यवसायिक प्रवद्र्धनका लागि सूचना तथा सञ्चार क्षेत्रमा योगदान पुरयाँएको भन्दै दमकका पूराना पत्रकार बिष्णु सुब्बालाई पुरस्कृत गरेको छ । साधारणसभाका अवसर पारेर पत्रकार सुब्बालाई नगद तथा सम्मान पत्रसहित पुरस्कृत गरेको हो ।
संघले मोवाईल व्यवसायका क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई आफनो चुनावी साधारणभाका क्रममा पुरस्कृत गर्ने कार्यक्रम सुरुवात गरेको र त्यसैअनुसार सुब्बालाई पुरस्कृत गरिएको बताइएको छ । पत्रकार सुब्बा झापामा करिब दुई दशक अघिदेखि क्रियाशील छन । राष्ट्रिय समाचार समितिका पुराना संवाददाता समेत रहेका उनी चेसुङ मिडिया प्रालिका सञ्चालक तथा प्रदेशवाणी डटकम अनलाईन न्यूज पोर्टलका सम्पादक हुन् ।

Facebook Comments Box