दमक/ योगदान राष्ट्रको लागि झापा जिल्ला शाखाको पहिलो जिल्ला साधारण सभा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका २ चारपानेमा बिर्तामोड नगरपालिका उपप्रमुख पबित्रा महतरा प्रसाईं प्रमुख आतिथ्यमा भएको साधारण सभाले पुनः प्रदीप सग्रौलालाई अध्यक्षमा चुनेको छ ।
उपाध्यक्षमा डिल्लीराम पोखरेल , सचिबमा सजु बुढाथोकी र सहसचिबमा कल्पना चम्लागाइ/टीकाराम वास्तोला र कोषाध्यक्षमा कञ्चन खडका चुनिएका जनाइएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष ओम उप्रेती संस्थाको सदस्यता वितरण गरेका थिए ।
सो साधारण सभामा बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौला साथै योगदान रास्ट्रका लागिका केन्द्रिय अध्यक्ष ओम उप्रेतीको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव सजु बुढाथोकीले गरेकी थिइन ।
दुई बर्ष अगाडि औपचारिक रुपमा सञ्चालनमा आयेको सो संस्थाले देशभर ६८ जिल्लामा समिति गठन गरेर प्राथमिक उपचार हाम्रो सरोकार भन्ने मुल नारासहित गतिबिधि सञ्चालन गर्दै आएको जनाइएको छ ।
