झापा/ झापाको बुद्धशान्ति गाँउपालिका–३ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सो ठाउँकी ३८ बर्षिया शान्ता सुब्बा रहेकी छिन । मंगलबार (हिजो) बेलुका पौने ७ बजे दक्षिण तर्फ जादै गरेको प्रदेश १–०१–०१३ प ४४९८ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउदै गरेको प्रदेश १–०१–००१ च ७८३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिदा घाईते भएकी मोटरसाईकल पछाडी सवार सुब्बाको उपचारको क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
मोटरसाईकल चालक ४२ बर्षीया कविता लिम्बुको सोहि अस्पतालमा उपचार भईरहेको छ । पिकअप र चालक पाँचथर हिलिहाङ गाउपालिका–६ का हर्क यावालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box