दमक । दमक २ स्थित सिपीनी सिमसारमा डुबेर एक युवकको मृत्यु भएको छ । दिउँसो त्यहाँस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दमक ५ का १९ बर्सिय रोहन राईको मृत्यु भएको हो । दमक २ का वडाध्यक्ष्य प्रजापति सापकोटाले सो ठाउँमा साथीहरूसग पौडी खेल्न पसेका राई बेपत्ता भएका थिए । खोजी गर्ने क्रममा करिब दुई घण्टापछि उनको लास फेला परेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box