दमक/ दमकमा जारी दमक गोल्ड कपको उपाधीका लागि आज ( शुक्रबार) नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लब मैदानमा उत्रिदैछन् ।


दमक ३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा जारी प्रतियोगितामा पुलिस सेमिफाइनलमा गोर्खा ब्वाइज लाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने मनाङले सेमिफाइनलमा माने भञ्ज्याङ दार्जीलिङलाई हराएर स्थान सुरक्षित गरेको हो । बिहीबार दमक ३ स्थित खेल मैदानमा भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले आआफनो जितको आधार पेश गरेका छन ।

पुलिसका प्रशिक्षक अनन्त थापाले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले आफ्नो टिममा आफ्नै खेलाडी भएको कारण टीम को तालमेल मिल्ने भएकाले जित निकाल्न सहज हुने बताए ।

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आफूसँग राम्रो खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । यस अघि मनाङ दमक गोल्ड कपको उपविजेतामा चित्त बुझाएर फर्किएको थियो । यसअघि २०७५ मा भएको दमक गोल्डकपको उपाधि पुलिसले जितेको थियो भने मनाङ उपविजेतामा चित्त बुझाएको थियो ।

खेलाडीलाई हौसला प्रदान गर्न प्रि म्याच कन्फ्रेन्समा पुगेका दमक नगपालिकाका मेयर रोमनाथ ओली र उपमेयर गीता अधिकारीले दमकलाई खेलको हब बनाईने बताउँदै दुवै टिमलाई शुभकामना दिएका थिए ।

शुक्रबारको फाइनल खेल समापनको लागि पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आउने आयोजकले जनाएको छ ।

दोश्रो संस्करणको दमक गोल्डकपको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

 

Facebook Comments Box