दमक/झापाको बुद्धशान्ति १ स्थित पुलचोकमा भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
गएराती (सोमबार) मेची राजमार्ग अन्तर्गत सो सडक खण्डमा दक्षिणबाट उतर तर्फ जादै गरेको ना ३ ख ५४६२ नम्बरको ट्रकमा सोहि दिशाबाट जादै गरेको नम्बर प्लेट नभएको क्रस फायर मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक बुद्धशान्ति ४ का २५ बर्षिय अन्जन फागोको मृत्यु भएको हो ।

ट्रकलाई ओभर ट्याक गर्ने क्रममा ट्रकको पछाडी पट्टिको चक्कामा परेर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।  सो क्रममा गम्भिर घाईते भएका फागोको बि.एण्ड.सी. हस्पिटलमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको हो ।

 

Facebook Comments Box