ताप्लेजुङ/ ताप्लेजुङको फुङलिङ ९ मा ट्रयाक्टर पल्टिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गुरुङ गुम्बास्थित भित्रि सडक खण्डमा दाउरा बोकेको मे १ त ७७८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित हँुदा फुङलिङ ८ का २८ बर्षिय रुपेश राईको मृत्यु भएको हो ।
शनिबार साँझ ६ बजे भएको सो दुर्घटनामा फुङलिङ ७ का २५ बर्षिय दिनेश राई गम्भिर घाईते भएका छन । उनको उपचारका लागि विर्तामोड तर्फ ल्याइएको छ ।
सोही दुर्घटनामा फुङलिङ ६ का १८ बर्षिय सबिन लिम्बु र २५ बर्षिय काजीमान बाँनिया पनि घाइते भएका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।