दमक/ शुक्रबार राती झापाको बिर्तामोडमा बोलेरको ठक्करबाट कमल ५ का एक जना मृत्यु भएको छ ।
राती करिब पौने ९ बजे बिर्तामोड १ भगवान चौकस्थित पुर्व पश्चिम लोकमार्गमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको प्र१–०२–००२च ४७१५ नम्बरको बोलेरो गाडको ठक्करबाट कमल गाउँपालिका वडा नं ५ लखनपुरका अन्दाजी ६५ बर्षिय बालकृष्ण चौधरीको मृत्यु भएको हो ।
बोलेरोले चौधरीलाई ठक्कर दिदा गम्भिर घाईते भएका थिए । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका लागि लगिएकोमा तत्कालै चिकित्सकहरुले मृत घोषणा गरेका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । बोलेरो चालक ईटहरी ५ का २७ बर्षिय कृष्ण धिमाल प्रहरीको नियन्त्रणमा छन ।

 

Facebook Comments Box