कमल,९ चैत । नेपाली कांग्रेस कमल ५ वडा समितिले वडाका सात वटा टोलमा संगठन बिस्तार गरेको छ । पार्टी केन्द्रीय अभियान अन्तर्गत वडाले विभिन्न सात वटा टोलमा समिति गठन गरेको हो ।
वडाको फक्तालुङ, मंगलमय, पाथीभरा , राधाकृष्ण, सितापुरी , चोलुङ र हिमाली टोल समिति गठन गरिएको छ । मंगलवार वडाको उत्तरी क्षेत्र सिम्लेमा चोलुङ टोल समिति गठन गरेको छ भने आज हिमाली टोल समति गठन गरिएको छ ।
सिम्लेमा गठित चोलुङ टोल समितिको संयोजकमा खगेन्द्र आङदेम्बे चुनिए भने सहसंयोजकद्धयमा लोकेन्द्र लावती,सहमान सम्बाहाम्फे,सचिवद्धयमा सुन्दरी सम्बाहाम्फे, अन्जना लावती,सहसचिवद्धयमा वर्णमाया बिक र तेजन सम्बाहाम्फे चुनिएका छन् । सदस्यहरुमा सरिता लिम्बू,श्रीप्रसाद तुम्रोक,कृष्ण राइए, नरकुमार गजमेर, संगीता राई,नरमाया लावती, रोहित तुम्रोक, टेकबहादुर राई, अमिता राई, सविता सम्बाहाम्फे, बुद्धराज केरुङ,क्षितिज लावती, धिरेन्द्र लावती, टाउके थाम्सुहाङ्ग , लिलाकुमार तुम्रोक रहेका छन् ।
यसैगरि आज बुधबार वडाको टुक्रेस्थित गणेश मन्दिरमा आयोजना गरिएको टोल भेलाले बासुदेव कुइकेलको संयोजकत्वमा ३७ सदस्यीय टोल समिति गठन गरिएको पाटीका वडा सभापति चन्द्रसिंह राईले जानकारी दिए ।
गठित टोल समितिको सहसंयोजकद्धयमा कमल रिजाल , इन्द्र बुढाथोकी,सचिवद्धयमा रोजन आचार्य, चिरायुसिंह निरौला, सहसचिवद्धयमा सुनिता भट्टराई, हरिमाया श्रेष्ठ र कोषाध्यक्षमा सनम पौडेल चुनिए। यस्तै सदस्यहरुमा उद्योग खड्का,नविन चौहान, दिपक चम्लागाई, अन्जान राई, अशोक रसाईली, भीमा निरौला, खगेन्द्र कटुवाल , दया भट्टराई, दिलबहादुर कार्की, रेखा निरौला, शंकर राई, सुर्य भट्टराई, दुर्गा कुइकेल,कविता मगर, नरविर चौहान, भोगेन्द्र सार्की, कल्पना चौहान, ओम बुढाथोकी, हिमाल भट्टराई, पुजन फूयाल, सरोज सेन्च्यौरी, लक्ष्मी रसाइली ,तिलक कटुवाल र रमा कटुवाल चुनिएका छन् ।
यसेगरि टोल भेलाले नेपाल महिला संघमा भीमा निरौला, निर्मला योङहाङ चन्द्रा नेम्बाङ,हरिमाया श्रेष्ठ नेपाल तरुण दलमा रोजन आचार्य,बिष्णु कार्की, सनम पौडेल र डिल्ली कुइकेललाई टोलमार्फत वडा समितिमा पठाउने निर्णय भएको जनाइएको छ । वडासभापति चन्द्रसिंह राईको अध्यक्षतामा भएको टोल भेलामा कांग्रेस १ नम्बर प्रदेश सदस्य हुकुमसिंह राई , जिल्ला सदस्यहरु सरस्वती सेढाई, शेरवहादुर श्रेष्ठ, कांग्रेस कमल उपसभापति पदमबहादुर निरौला, कांग्रेस प्रदेश –ख कोषाध्यक्ष दिनेश अधिकारी, पत्रकार महासंघ १ नम्बर प्रदेश समितिका सदस्य बिष्णु सुब्बा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।