दमक/नेपाली कांग्रेस झापाका पूराना नेता पूर्णानन्द शर्माको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन ।
कमल ६ का स्थायीबासिन्दा नेता शर्माको पित्तथैलीमा अचानक समस्या देखिएपछि विर्तासिटी अस्पताल विर्तामोडमा उपचारका लागि भर्ना गरिएको हो ।  अस्पताल भर्ना गरिएका नेता शर्मालाई स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरुले हिजोदेखि खाना बन्द गर्न भनेका छन । उनको थप स्वास्थ्य परिक्षणका लागि सोमबार दिउँसो विएण्डसी अस्पतालमा लगिएको शर्माका छोरा प्रमोद दाहालले जानकारी दिए ।

Facebook Comments Box