दमक/ पत्रकार रेवत खनाललाई पितृ शोक परेको छ । नागरिक अनलाइन टिभीमा कार्यरत नेपाल प्रेस युनियनमा आवद्ध पत्रकार खनालका बुबा झापा कमल ६ निवासी बिष्णुकान्त खनालको २९ फागुनमा निधन भएको हो ।

पुख्र्याैली घर पाँचथरकोे फिदिम भएका खनाल परिवार २०२२ सालमा तराई झरेका हुन । सो परिवार पछिल्लो समय साविकको लखनपुर (हाल कमल ६ ) मा बसोबास गर्दै आएका छन । स्वर्गीय खनालकी श्रीमती र पत्रकार खनालसहित ६ जना छोरा छन ।

Facebook Comments Box