दमक/ नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को क्षेत्रीय सल्लाहकार समिति गठन भएको छ । पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको सभापतित्वमा बिहिबार (आज) बसेको बैठकले बिर बहादुर प्रसाइको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन गर्ने निर्णय गरेको पार्टीका क्षेत्रीय समिति सचिव धर्मानन्द भट्टराईले जानकारी दिए ।
उनले पार्टीमा लामो समय योगदान गरेका अग्रज नेताहरुलाई समेटेर सल्लाहकार समिति गठन गरिएको जनाएका छन । सल्लाहकार समितिका सदस्यहरुमा राजेन्द्रकुमार अग्रवाल (राजु), हरि सुवेदी, पदम कोइराला राम गिरी, बिरभद्र पोखरेल, राम कुमारी पौडेल, डिल्ली सेडाइ , बाबुराम भण्डारी , सियाराम ताजपुरिया, देवी प्रसाद राजवंशी, घनश्याम रिजाल र गोपाल पौडेल रहेका छन ।
बैठकले पार्टी केन्द्रीय समितिको सर्कुलर अनुसार आयोजना गरिएको चुनाव लक्षित अभिमुखीकरण कार्यक्रमको समिक्षा गर्दै धन्यवाद प्रस्ताव समेत पारित गरेको छ । त्यसैगरी होली पर्व २०७८ को अवसरमा कांग्रेसले शुभकामना पनि व्यक्त गरेको जनाइएको छ ।
दमक ५ मा ज्येष्ठ नागरिक मञ्च
त्यसैगरी नेपाली कांग्रेस दमक ५ को वडा समितिले वडा भित्र रहेका जेष्ठ सदस्यहरुलाई संगठित गर्दै जेष्ठ नागरिक मञ्च वडा समिति गठन गरेको छ ।
एक भेलाले सो वडाका अग्रज चन्द्रप्रसाद पोखरेलको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको हो । नगर सभापति प्रकाश प्रसाईको विशेष उपस्थितीमा भएको भेलामा कांग्रेस वडा सभापति चैतन्य बरालले जेष्ठ नागरिक मञ्च गठनको प्रस्ताव गरेका थिए । गठित मञ्चको वडा समितिमा राजेन्द्र राउत, दमन्तादेवी थापा, मोहन प्रसाद शिवाकोटी, ढाकेश्वर वुडाथोकी, केशव प्रसाद रिजाल, राजेन्द्र भट्टराई, ईच्छा कुमारी खतिवडा, देवी खड्का, राजेन्द्र विष्ट, प्रेम रिजाल, दाताराम दंगाल र जय प्रसाद ढुंगाना सदस्य रहेका छन । वडा भित्रका अन्य जेष्ठ नागरिकहरुलाई समेत आगामी दिनमा मञ्चमा समेट्दै जाने संयोजक पोखरेलले बताए ।