धनकुटा/ धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाटस्थित तमोर नदीमा एक जना महिला मृत फेला परेकी छन ।
धनकुटा नगरपालिका–९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने आज मंगलबार बिहान करिब ९ बजे मृत फेला परेकी हुन । लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रमदेखि हराएकी थिइन । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले उनलाई नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । उनको लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।