विराटनगर/ मोरङको रंगेली २ मंगलबारेमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो २.३० बजे विराटनगर आमबारी पक्कि सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र.न.०१–०४–००१ प ७१६४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बिराटनगर– ३ का ४१ बर्षिय बलराम गर्र्र्तोलाको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यू भएको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार एक जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जनाइएको छ ।