ताप्लेजुङ/ ताप्लेजुङको फुङलिङ नगरपालिका–४ कोप्चेमा आज (शुक्रबार) बिहान दुई घरमा आगलागी भएको छ । आगलागीमा एक जना बृद्धाको मृत्यु भएको छ । ६७ बर्षीया बृद्धा चुलिमाया लिम्बुको मृत्यु भएको हो ।
बिहान साढे ८ बजे स्थानीय संगिता मादेनको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रविन आङबोहाङको घरमा समेत आगलागी हुँदा सोही घरमा डेरा बस्ने चुलिमायाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीबाट संगिता मादेनको २ तले कच्ची घर जलेर नष्ट भएको छ । आङबोहाङको घर आंशिक रुपमा जलेको छ । आगलागी स्थानीयवासी , सुरक्षाकर्मी तथा दमकलको सहयोगमा बिहान साढे ९ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

Facebook Comments Box