शिवसताक्षी/नेकपा (माओवादी केन्द्र ) निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन शिवसताक्षी नगरको दोस्रो नगर परिषदले बिष्णु भट्टराईको अध्यक्षतामा संगठनको नगर कमिटी पुनर्गठन गरेको छ ।
दुधे स्रोत केन्द्रको सभाकक्षमा सम्पन्न भेलाले उपाध्यक्षमा उर्मिला दाहाल ,
दधी गणेश र खगेन्द्र घिमिरे , सचिवमा योगेन्द्र अधिकारी, सहसचिवमा पूर्णसिंह राजवंशी र अर्थसचिवमा तारादेवी बाँस्तोलालाई चयन गरेको जनाइएको छ ।
सदस्यहरुमा ज्ञानेन्द्र चापागाईं , युबराज आङ्देम्बे, दल बहादुर नेउपाने, मोहन लिम्बू, राधादेवी गौतम ,चिन्तामणि दुलाल, गणेश चौलागाईं खगेन्द्र लम्जेल कालू मर्डि , खुब बहादुर राइसहितको नगर समिति पुनर्गठन भएको हो ।
परिषदमा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराईले बिद्यालयलाई नमूना बनाउन जोड दिदै आबश्यक जनशक्ति र संरचना निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठन १ नम्बर प्रदेश उपाध्यक्ष लोकनाथ गजुरेलको प्रमुख आतिथ्य रहेको थियो । माओवादी केन्द्र १ नम्बर प्रदेश सल्लाहकार सदस्य टेकनाथ शिवाकोटी, शिक्षक संगठन जिल्ला अध्यक्ष कपिल तिमिल्सिना माओवादी केन्द्रका नगर सचिव सन्जय राई एकिकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्यहरु राम प्रसाद मन्डल, लक्ष्मण मर्डी , गणेश चौलागाईं , खगेन्द्र लम्जेल लगायतको उपस्थिति रहेको थियो ।
