दमक/ पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं १ स्थायी ठेगाना भएकी ३९ बर्षिया एक महिलाको हत्या भएको छ । धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा मृत भेटिएकी महिलाका साथमा रहेको मतदाता परिचय पत्रका आधारमा उनी मिक्लाजुङ १ की ३९ बर्षिया सुमित्रा तामाङ भएको खुलेको हो ।
मृत महिलाका छोराछोरी र आफन्तले उनको सनाखत गरेका प्रहरीले जनाएको छ । ति महिला इटहरी ५ मा डेरा गरेर बस्दै आएको पनि प्रहरीले जनाएको छ । मृतकका पति ब्रुनाईमा छन् । उनी भारतीय सेनाबाट अवकाश पाएपछि ब्रुनाईमा गएका हुन् ।
डिएसपी नरेन्द्र कुँवरका अनुसार घटनास्थलमा स्थलगत मुचुल्का गरेर शव पोस्टमार्टमका लागि पठाइएको छ । घटनाको अनुसन्धान जारी राखेको प्रहरीले मृतकसँगै सो होटलमा आएका पुरुषको पनि पहिचान र खोजी शुरु गरेको छ ।
मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका १ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको डिएसपी कुँवरले बताए । मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरा बस्दै आएकी पनि खुलेको छ । परपुरुषसँगको सम्बन्धले उनको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।
यस अघि फागुन ११ गते मोरङको लेटाङ नगरपालिका वडा नं ८ स्थित जाँते उच्च मा.बि. कक्षा ६ मा पढ्ने एक बालिकालाई बाटो ढुकेर बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले घटनाको दुई दिनपछि लेटाङ ८ का ६४ बर्षिय दिपक गिरीलाई प्रहरीले जवरजस्तीकरणी र कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अघि बढाएको छ । लेटाङ ८ स्थित लाल हिरा सामुदायिक बनमा बालिकको शव ढुङ्गाले छोपेर गिरी फरार भएका थिए । उनलाई मोरङ जिल्ला अदालतबाट जवरजस्ती करणी गरी कर्तब्य गरी मारेको ज्यान सम्बन्धी कसूरमा दिन ५ (पाँच) म्याद थप गरेर थप अनुसन्धान अघि बढाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
हत्यारा गिरी
