इलाम/ इलाम नगरपालिका–१० स्थित मेची राजमार्गमा यात्रुबहाक बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्राहागण नगरपालिका–७ का ३५ बर्षीय प्रदिप कुसुवाह रहेका छन । प्रहरीका अनुसार हिजो राती ९ बजे बारा जिल्लाबाट इलाम घुम्न आएका ४४ जना सवार ना.४ ख ६२४८ नम्वरको बस अनियन्त्रित भई सडकको नालीमा ठोक्किएर दुर्घटना भएको हो । झ्यालबाट हाम्फाल्ने क्रममा बसले चेप्पिएर कुसवाहको घटनास्थलमानै मृत्यु भएको हो । गम्भिर घाईते भएका ४० बर्षीय धुरुप कुसुवाहको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा र अन्य सामान्य घाईते ३ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।