सबै समुहको शेयर बढयो

Author Nishkarsha News
२०७८ फाल्गुन ९, सोमबार १७:२७

काठमाडौं/आइतवार ३९ अङ्कले घटेको शेयर बजार आज साेमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १८ दशमलव ५१ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेको छ । आज दुई सय २५ कम्पनीका ४९ लाख ९२ हजार कित्ता शेयर दुई अर्ब ९९ करोड ९७ लाख रुपैयाँमा कारोबार भयाे । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भयो । आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र गुराँस लघुवित्त कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । कालिका लघुवित्त कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्