दमक/ सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्वुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा नगरपालिका–५ कि ३८ बर्षीया निर्मला उराव रहेकी छिन । प्रहरीका अनुसार आइतबार बेलुकी सवा ४ बजे प्रदेश २–०१–००१ झ ००२८ नम्वरको एम्वुलेन्सले प्रदेश १–०२–०४१ प २१५५ नम्वरको स्कुटरलाई ठक्कर दिदा घाईते भएकी उरावको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने एम्वुलेन्स र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

 

Facebook Comments Box