दमक/ प्रदेश एक अन्तर्गत मोरङ र संखुवासभाबाट हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केरावारी गाउँपालिका–८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न रहेको आरोपमा केरावारी गाउँपालिका–३ का ३५ बर्षीय कमल लिम्बुलाई प्रहरीले पक्राउ गगरेको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो ।
प्रहरी टोलीले सुक्ष्म अनुसन्धानका क्रममा लिम्बुले उनको हत्या गरेको खुल्न आएको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गते देखीनै बेपत्ता भएका र पौष २८ गते लिम्बु संग बादबिबाद भएपछि लिम्बुले फलामको रड प्रयोग गरेर भट्टराईको हत्या गरेको खुल्न आएको थियो । घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खूल्न आएको प्रहरीको दाबी छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
त्यसैगरी संखुवासभाको सभापोखरी गाउँपालिका–२ का १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान राती अन्दाजी साढे २ बजे ५२ बर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

 

Facebook Comments Box