सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोशी लोकमार्गमा को.२०प ९८९६ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुदा गम्भिर घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा  बिराटनगर स्थित बिराट नर्सिङ होममा मृत्यु भएको हो भने मोरङको जहदा गाउँपालिका-६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को.३५प ३४०५ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक बिराटनगर-१९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भिर घाईते भई उपचारको लागि कोशी अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो । दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।तेसैगरी इलामको सुर्योदय नगरपालिका-३ स्थित फिकल-पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्योदय नगरपालिका-१ का २३ बर्षीय सौगात राई रहेका छन । हिजो बेलुका साढे ४ बजे पशुपतिनगर तर्फ जाँदै गरेको को.१ज ३५८९ नम्वरको बलेरो गाडीले बिपरित दिशाबाट आउदै गरेको मे.११प ८४९ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा चालक सौगात राई र पछाडि सवार रहेकि २५ बर्षीया सम्झना राई घाईते भएका थिए । घाईते दुबैलाई उपचारको लागि बिर्तामोड स्थित BNC अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई  थप अनुसन्धान भईरहेको छ ।

 

Facebook Comments Box