धनकुटा/ धनकुटाको पाख्रिवास नगरपालिका–९ मा एक महिलाको जलेर मृत्यु भएको छ । ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको हो । आज बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । अन्य थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ

Facebook Comments Box