दमक/ मोरङको बेलवारी नगरपालिका–१ सिनेमा हल अगाडीबाट हराएको कार र लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका–३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी –१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३–०१–०२५ च ९७५० नम्बरको कार हराएको भन्दै ईलाका प्रहरी कार्यालय बेलबारीमा निबेदन दिएका थिए ।
सो कार खोजी गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका–७ विश्वकर्मा मन्दिरबाट सो कार फेला परेको थियो । कार फेला परे संगै कारमा रहेका बेलबारी नगरपालिका–३ का ३६ बर्षीय सुरज गुरुङ , केरावारी –१० का २५ बर्षीय तेज कुमार मगर र केराबारी–७ का २६ बर्षीय नगेन्द्र लिम्बुका साथबाट विभिन्न किसिमका प्रतिबन्धित लागुऔषधसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुका बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

 

Facebook Comments Box