काकडभिट्टाबाट हिडेको बस र ट्रक ठोक्किदा आगो लाग्यो , तीन जनाको मृत्यु ,१३ घाइते
Nishkarsha News
२०७८ माघ २२, शनिबार १०:०१
काठमाडौं/ शुक्रबार सुनसरीको लौकहीमा स्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा १३ जना यात्रु घाइते भएका छन् । गएराति साढे ७ बजे काकडभिट्टाबाट काठमाडौं हिडेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बसले पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रकलाई ठक्कर दिदा आगलागी भएको हो । आगलागी हुँदा बसमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । प्रहरीले २ घण्टाभित्र आगो नियन्त्रणमा लिएपनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
निष्कर्ष न्युज झापाको दमकबाट निष्कर्ष मिडिया प्रा.लि. द्वारा सञ्चालित एक विश्वसनीय अनलाइन समाचार पोर्टल हो। डिजिटल प्लेटफर्मका साथै हामीले 'निष्कर्ष साप्ताहिक' पत्रिका मार्फत पनि पाठकहरूसामु सत्य, तथ्य र निष्पक्ष सूचना निरन्तर सम्प्रेषण गर्दै आइरहेका छौँ।