दमक/ धरान उपमहानगरपालिका–१३ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान–१९ का २६ बर्षीय जनम मगर, धरान–३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन । संघीय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सातै जनामाथि इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान शुरु गरेको जनाइएको छ ।

 

Facebook Comments Box