दमक/ झापाको दमकमा गौतम समाज दमक नगर समितिको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले गौतम समाज दमक नगर समितिको आगामी नेतृत्व सर्वसम्मत चयन गरेको छ । सो समितिका अध्यक्षमा दुर्गाप्रसाद गौतम (४५), उपाध्यक्षमा टंकप्रसाद गौतम (४५), सचिवमा ज्ञाननाथ गौतम (४५) र कोषाध्यक्षमा लेखनाथ गौतम (४५) चयन भएका छन् । त्यस्तैं, समितिका सदस्यहरुमा गणेश प्रसाद (जिपी) गौतम, मुक्ति गौतम (४६), हेमराज गौतम (४७), यमुना गौतम (४६), हरेराम गौतम (४७), सन्तोष गौतम (४६) छन् । गौतम समाज झापाका उपाध्यक्ष नितिरमण गौतमको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।

Facebook Comments Box