बेलबारी/ मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा एक महिलामाथि सामुहिक बलात्कार गरेको अभियोगमा प्रहरीले तीन जनामाथि मुद्धा चलाएको छ । होटल संचालक सहित ३ जना विरुद्ध जवरजस्तीकरणी सम्बन्धि मुद्धा चलाएको हो ।

मोरङ सुन्दरहरैचा नगरपालिका ४ बलिया चौकका होटल संचालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीमाथि बिहिबार सो मुद्धा दायर भएको प्रहरीले जनाएको छ । उनीहरुले गत माघ ७ गते बेलुका साढे ५ बजे महिला ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिने बहानामा गाडीमा चढाएर होटलमा पुर्याई जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीको दाबी छ ।

गत ८ गते सो घटनाको जानकारी पाएको ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो । तत्काल सो घटना घटाई फरार रहेका राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने गते मंगलबार ईलाम सुर्योदय नगरपालिका १२ तिनघरेबाट १ नं प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Facebook Comments Box